FAQs Complain Problems

Photo Gallery

राप्ती नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा आजदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS), सूत्र राजस्व प्रणाली(SuTRA Revenue), पाम्स प्रणाली(PAMS) लगायत विगतदेखि सञ्चालनमा रहेका सबै अनलाइन प्रणालीहरूको प्रयोग अनिवार्य गरिएको छ ।

यस अन्तर्गत, सम्बन्धित प्रणालीहरूको प्रभावकारी प्रयोगका लागि हिजो एकदिने अभिमुखीकरण तथा प्रयोगात्मक तालिम सम्पन्न गरिएको थियो ।

तालिममा सहभागी कर्मचारीहरूलाई प्रणालीहरूको प्रयोग, कार्यप्रवाह व्यवस्थापन, तथा डिजिटल प्रशासनसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो ।

राप्ती नगरपालिका सेवा प्रवाहलाई थप छरितो, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले यो निर्णय कार्यान्वयनमा ल्याइएको हो ।

, , , , , , ,

आज मिति २०८२/०३/२० गते, राप्ती नगरपालिका, चितवनको १५औं नगरसभा सफलतापूर्वक सम्पन्न भएको छ ।

यस नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी पारित गरिएको छ ।

, , , , , , , , , , , , , ,

न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली , २०७५ को नियम ९४ बमोजिम चितवन जिल्ला अदालत बाट माननीय जिल्ला न्यायाधीश श्रीमान ध्रुव कुमार ढकाल ज्यु, शाखा अधिकृत श्री भानुभक्त पौडेल, ना.सु. श्री सन्त बहादुर कुमाल सहितको निरीक्षण टोलिद्वारा आज यस राप्ती नगरपालिका न्यायीक समितिको कार्यालयबाट सम्पादन भइ आएका न्याय निरुपण सम्बन्धी कार्यहरूको निरीक्षण गर्नुभएको छ। सोही क्रममा महत्वपूर्ण सल्लाह, सुझाव , हौसला साथै सकारात्मक उर्जा प्रदान गर्नुहुने माननीय ज्यूको सम्पुर्ण टिम प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

- राप्ती नगरपालिका
नगरकार्यापालिकाको कार्यालय
न्यायीक समिति परिवार ।

, , , , , ,

साहित्यमा : समृद्ध राप्ती
राप्ती नगरपालिकाको आगनीमा साहित्यकारहरुले राप्ती नगरपालिका बिशेष साहित्य सृजना वाचन गर्नुभएको छ । नगर प्रमुख शमशेर लामाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा साहित्यकार गिरिराज डल्लाकोटी,राजेन्द्र प्रसाद सिलवाल घायल,राजेश रुम्वा लामा, पुष्कर पोखरेल,रामशरण थपलिया , रुद्र प्रसाद कडेलले आफ्नो सृजना वाचन गर्नुभएको हो । अन्तराष्ट्रिय कविता दिवसको पुर्वसन्ध्यामा सशक्तिकरणका लागि हाम्रो अभियानले आयोजना गरेको कार्यक्रमको अध्यक्षता वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीले गर्नूभएको हो । सृजना वाचन गर्नुहुने साहित्यकारहरुलाई खादा र प्रमाण पत्र ले सम्मान गरिएको थियो ।

, , , , , , , , , , , ,

जनतासंग मेयर : राप्ती नगरपालिका वडा नं १२ को वाक्राङ्गमा नगरले स्वास्थ्य शिविर आयोजना गरेको छ । केहि दिन अघि रुघा र ज्वरोको कारणले स्थानीयको मृत्यु भएको भन्ने खवर पाएसंगै मेयर शमशेर लामा आफै शिविर लिएर वाक्राङ्ग पुगेका हुन । शिविर भोलि स म्म चल्नेछ ।

,

कालिटारमा स्वास्थ्य सेवा सुरु : राप्ती नगरपालिका वडा नं १३ को कालिटारमा स्वास्थ्य इकाई केन्द्र स्थापना भएको छ । मंगलवार राप्तीका मेयर शमशेर लामाले केन्द्रको स्थापना गरेका हुन । मंगलवारनै ४० जना स्थानीयको स्वास्थ्य परिक्षण समेत गरिएको छ । वडा नं १३ का अध्यक्ष अशोक कुमार प्रजा, वडा सचिव नविन प्रजापति सहित जनप्रतिनिधि तथा स्थानीय अगुवाहरुको उपस्थिती रहेको थियो ।

, ,

निरिक्षण तथा अनुगमनमा : राप्ती नगरपालिका वडा नं ५ को भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको नापँजाच भएका जग्गाको निरिक्षणमा राप्तीका नगर प्रमुख शमशेर लामा, सुकुम्वासी समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिं लामा, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अधिकारी सहित वडाका अगुवा तथा कर्मचारीले सहभागि हुनु भएको छ ।

,

स्वागतम : राप्ती नगरपालिका नगर कार्यपालिकाको कार्यालय चितवनका प्रमुख प्रशासकीय अधिकृत श्री हरि प्रसाद अधिकारी ज्यूलाई राप्ती नगर प्रमुख श्री शमशेर लामा ज्यूले स्वागत गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत ज्युलाई नगरका जनप्रतिनिधि तथा कर्मचारीहरुले स्वागत गर्नुभएको हो ।

, , , , , , , , , , , , , , , , , ,

ट्राफिक शिक्षक : राप्ती नगरपालिकामा ट्रापिक शिक्षक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजना र राप्ती नगरपालिकाको सहकार्यक्रम राप्तीमा रहेका सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधि शिक्षकलाई ट्रापिक शिक्षक अन्र्तक्रियामा सहभागिता जनाइएको हो । कार्यक्रम नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख नरेश राज सुवेदीको अध्यक्षता तथा राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी निरीक्षक गायत्रीराज शर्मा र भरतराज गिरिले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी, शिक्षा अधिकृत रविना देउजा लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधि ज्यूहरुको सहभागिता रहेको थियो ।

, , , , , , , , , ,

स्वागत्म : राप्ती नगरपालिकामा नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख नरेश राज सुवेदी ज्यू लगायत जिल्लाका प्रहरी निरीक्षक गायत्रीराज शर्मा ज्यूलाई नगरपालिका प्रमुखमा शमशेर लामा, वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीले स्वागत गर्नुभएको छ ।

अभिभावक संग भेटघाट : राप्ती नगर प्रमुख शमशेर लामा ज्यु ले ज्येष्ठ नागरिक संघ चितवन (राप्ती नगर समिति) संग छलफल तथा स्थानीय सरकारको भुमिकाको बिषयमा छलफल गर्नुभएको छ । राप्ती नगरपालिकाले हरेक बर्ष निति तथा कार्यक्रममा ज्येष्ठ नागरिकका लागि आवश्यक बजेट व्यवस्थापन समेत गरिएको नगर प्रमुख शमशेर लामाले जानकारी गराउनु भयो ।

, ,

एचपिभि खोप अभियान २०८१ सुरु : राप्ती नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययन गर्ने ६ कक्षा देखि १० कक्षा सम्मका किशोरिहरु र विद्यालय नजाने १० देखि १४ बर्ष उमेरका किशोरिहरुलाई माघ २२ देखि २५ गते सम्म पाठेघरको मुखको क्यान्सर हुन वाट बचाउने एचपिभि खोप दिने कार्यक्रम सुरु भएको छ ।
राप्ती नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जल्लु महतो थारुको प्रमुख आतिथ्यतामा मंगलबार गरिएको अभियान शुभारम्भ कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राम बहादुर सारु, राप्ती नगरपालिकाकी शिक्षा शाखा प्रमुख रविना देउजा, स्वास्थ्य शाखाका राममणी सिल्वाल, सिनियर अनमी तुल्सी अधिकारी, बिद्यालयका प्रअ कुमार सिंह लामा, राजनैतिक ब्यक्तित्व रामचन्द्र पाठक लगायतको उपस्थिति रहेको थियो ।

, , , , , , , , , , , , , ,

राप्तीमा फेन्जो : सवैभन्दा छिटो सर्वाेच्च शिखर सगरमाथा चढेर गिनिज बुक वल्र्ड रेकर्डमा नाम लेखाउन सफल फुन्जो लामा सहित बिदेशी पाहुनाहरुलाई राप्तीका नगर प्रमुख शमशेर लामाले पालिकामा स्वागत गर्नुभएको छ ।

, , , , , , ,

छलफल : राप्ती नगर प्रमुख श्री शमशेर लामा ज्युले एक्का नेपालको अन्तराष्ट्रिय सहयोगि संस्थाका प्रतिनिधिलाई नगरपालिकामा स्वागत गर्नुभएको छ । सोमवार नगर प्रमुखले आफ्नो कार्यकक्षमा स्वागत गर्नुहुदै नगरको पहाडी क्षेत्रमा स्वास्थ्य र वातावरणिय सरसफाइमा एक्काले खेलेको भुमिकाको बिषयमा प्रंशासा गर्नुभएको थियो । छलफलमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी, एक्का नेपालका बरिष्ठ कार्यकारी निर्देशकयोगेन्द्र चित्रकार,कार्यक्रम अधिकृत विपिन कुमार श्रेष्ठ,अन्तराष्ट्रिय प्रतिनिधि साहारा र तविताको सहभागिता रहेको थियो ।

तस्विर : नगर प्रमुखको सचिवालय

, , , , ,

ऐलानी जग्गाधनि पहिचान पत्र वितरण : राप्ती नगरपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई आफुले भोग चलन गदैँ आएको जग्गाको पहिचान पत्र वितरण गरेको छ । हाल सम्म नापँजाच भएका ऐलानी जग्गाको पहिचान पत्र वितरण गरेको हो । आइतवार राप्ती नगरपालिका वडा नं २ का ४ घरपरिवारले पहिचान पत्र लिएका छन । नगर प्रमुख शमशेर लामाले पहिचान पत्र वितरण भइरहेको र नगरको भुमि इकाई शाखामा नगरवासीलाई समन्वय गर्न अनुरोध गर्नुभएको छ ।

, , , ,

पालिका गान : राप्ती नगरपालिकाको पालिकाको गानको बिषयमा छलफल भएको छ । नगर प्रमुख श्री शमशेर लामा ज्यूको अध्यक्षतामा बसेको बैठकमा वडा नं ५ का अध्यक्ष सिताराम वल, वडा नं ८ का अध्यक्ष पुर्ण प्रसाद आचार्य, वडा नं ९ का अध्यक्ष खड्क बहादुर तामाङ्ग, वडा नं १ की कार्य वाहक अध्यक्ष ग्रेस तामाङ्ग, कार्यपालिका सदस्य आइतीदेवी दराई, मित्रकुमारी तितुङ्ग, निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी, शिक्षा अधिकृत रविना देउजा , प्रशासन शाखा प्रमुख महेन्द्र चापागाई लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

तस्विर : बिशाल न्यूज

, , ,

सुझाव संकलन : पुर्व पश्चिम राजमार्ग स्तरउन्नती आयोजना अन्र्तगत पथलैया, हेटौडा, नारायणगढ (१०० कि.मि) सडकको स्तरउन्नती र वातावरणिय प्रभाव मुल्याङ्गकनको बिषयमा सुझाव संकलन भएको छ । राप्तीका नगर प्रमुख श्री शमशेर लामा ज्यूको अध्यक्षतामा बसेको बैठकमा वडा नं ३ का अध्यक्ष शिकान्त ओलि, वडा नं ५ का अध्यक्ष सिताराम वल, वडा नं ६ का अध्यक्ष जल्लु महतो थारु, वडा नं ८ का अध्यक्ष पुर्ण प्रसाद आचार्य, वडा नं ९ का अध्यक्ष खड्क बहादुर तामाङ्ग, वडा नं १ की कार्य वाहक अध्यक्ष ग्रेस तामाङ्ग, कार्यपालिका सदस्य आइतीदेवी दराई, मित्रकुमारी तितुङ्ग, कविता राई , नगर सभा सदस्य ममिता कुवर,निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी, पुर्वाधार शाखा प्रमुख श्री ई सुरज भट्टराई, प्रशासन शाखा प्रमुख महेन्द्र चापागाई लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

तस्विर : बिशाल न्यूज

, , , , ,

पदस्थापना सहित हार्दिक बधाई : राप्ती नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा कार्यरत विभिन्न्न तहका कर्मचारी ज्यूहरुको बागमती प्रदेश स्थानीय सेवाको (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ९ को उपदफा (२) तथा दफा ३० को उपदफा (१) बमोजिम स्थानीय सेवाको पदमा यस नगरपालिकाकामा कार्यरत कर्मचारीहरुको तह वृद्धिको लागि पेश भएको निवेदनको आधारमा सेवा अवधि, प्रचलित कानुन अनुसारको कार्य सम्पादन मूल्याङ्कन र शैक्षिक योग्यता पुगेका बिष्णु अधिकारी , बिर्जलाल डाँगी, गोविन्द जिसि, ललिता निरौला, राजेन्द्र प्रसाद सिलवाल, सविता उप्रेती छैटौँ तह र प्रमिला न्यौपाने, नविन कुमार प्रजापति, कमला मोक्तान ,सरिता भट्टराई पाँचौ तहमा मिति २०८१।१०।०१ गते देखि लागू हुने सम्बन्धित सेवा, समूह भित्र तह वृद्धि गरिएको छ । राप्तीका नगर प्रमुख श्री शमशेर लामा ज्युले तह वृद्धि हुनु भएका कर्मचारीहरुलाई खादा लगाएर शुभकामना सहित सफल कार्यकालको लागि शुभकामना सहित बधाई दिनु भएको थियो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी, प्रशासन शाखा प्रमुख महेन्द्र चापागाई, स्वास्थ्य शाखा उपप्रमुख राममणी सिलवाल लगायतकाको उपस्थिति रहेको थियो ।

तस्विर : बिशाल न्यूज

कुपोषण न्युनिकरण : राप्ती नगरपालिकाका स्वास्थ्यकर्मिसंग हिमालयन हेल्थ केयर नेपालले कुपोषण न्युनिकरण सम्बन्धि अन्र्तक्रिया गरेको छ । गत बर्षको कार्यक्रमको समिक्षा सहित आगामी बर्षको योजना सहितको समिक्षा गरिएको हो । कार्यक्रममा राप्तीका नगर प्रमुख श्री शमशेर लामा, निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी, स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपाने , शाखा उपप्रमुख राममणी सिलवाल लगायतकाको उपस्थिती रहेको थियो ।

, , , , , ,

राप्तीका मेयर शमशेर लामा र भक्तपुरका मेयर प्रजापतिबीच भेटवार्ता
२०८१,पुस २५
राप्ती नगरपालिका नगरकार्यपालिका प्रमुख शमशेर लामा र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बिहीबार भक्तपुर नगरपालिकाको सभाकक्षमा भेट भएको छ । प्रमुख प्रजापतिले प्रमुख लामासहितको टोलीलाई खादा र भादगाउँले टोपीले स्वागत गर्नुभएको थियो । प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षालाई उत्पादन श्रमसँग मिलाई दक्ष जनशक्ति तयार गर्ने उद्देश्यसहित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप कलेज, ख्वप कलेज अफ ल सहित ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आएको बताउनु भएको थियो । उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरु समेतलाई समेतेर कला, संस्कृति, विज्ञान, अर्थशास्त्र, प्रविधि, चिकित्साशास्त्र, शिक्षा, व्यवसायिक विषय तथा अन्य विषयमा समेत अध्ययन अध्यापन गर्न ख्वप विश्वविद्यालय स्थापनाको लागि निरन्तर जोड दिँदै आएको बताउनुभयो ।
शैक्षिक क्षेत्रमा सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा विद्यार्थीहरु विदेश पढ्न जाने क्रम बढिरहेको बताउँदै उहाँले नेपालमा प्राविधिक शिक्षा मात्रै नभई अन्य धेरै विषयहरु अध्यापन हुने कलेजहरु बन्द हुने क्रम जारी रहेको बताउनुभयो ।
राप्ती नपाका प्रमुख शमशेर लामाले भक्तपुरको कार्यशैलीबाट आफूहरु निकै प्रभावित भएको बताउँदै भक्तपुरको सिकाइ उपलब्धीबाट आफूहरुले पनि सिक्न चाहेको बताउनुभयो । राप्ती नपाले पनि स्नातक र स्नातकोत्तर तहको कलेज सञ्चालन गर्न लागेको र सोको लागि भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेजको विधान र सञ्चालन प्रक्रियाबारे जानकारी लिने उद्देश्यले भक्तपुर भ्रमणमा आएको बताउँदै उहाँले राप्ती नपा कृषिमा धेरै सम्भावना भएको नपा रहेको बताउनुभयो । प्रमुख प्रजापतले प्रमुख लामालाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो भने टोलीले नपाबाट सञ्चालित शैक्षिक संस्था र अस्पतालको समेत निरीक्षण गर्नुभएको थियो ।

भेटवार्ता : राप्ती नगरपालिका प्रमुख शमशेर लामा ज्यू र भारतीय सरकारका पुर्वमन्त्री एवंम भाजपा नेता जिवेश कुमार ज्यु बीच शिष्ट्रचार भेटवार्ता भएको छ । सोमवार राप्ती नगरपालिकामा प्रमुख शमशेर लामा ज्यू र भारतीय सरकारका पुर्वमन्त्री एवंम भाजपा नेता जिवेश कुमार ज्यु बीच आपसी सहयोगमा साझेदारीको बिषयमा छलफल भएको थियो । प्रमुख शमशेर लामा ज्यूका अनुसार यो भेट पछि नगरवासीको शिक्षा र स्वास्थ्य लगायतको क्षेत्रमा भारत सरकारको तर्फवाट सहयोगको अपेक्षा रहेको बताउनु भयो । पुर्वमन्त्री जिवेश कुमार ज्यूले नेपाल र भारतको सम्बन्धलाई यो भेटले अझै सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभयो ।

फोटो : नगर प्रमुखको सचिवालय
२२ पौष, २०८१

, , , , ,

जनता केयर कार्यक्रम :
राप्ती नगरपालिका वडा नं १ मा रहेको परेवाकोटमा नियमित स्वास्थ्य सेवा सुरु भएको छ । राप्तीका मेयर शमशेर लामा ज्यूले शनिवार एक कार्यक्रमको आयोजना गरि सेवा सुरु गर्नु भएको हो । राप्ती वडा नं १ का सिद्धिलाल स्याङ्गतान, वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी , वडा सदस्य ग्रेस तामाङ्ग, राजु राई, मचनलाल तामाङ्ग , स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपाने, उप प्रमुख राममणी सिलवाल, डा प्रतिमा गौतम कार्यक्रममा उपस्थिती रहनु भएको थियो ।

राप्तीमा यसअघि वडा नं १३ को कान्दामा स्वास्थ्य सेवा केन्द्र र वडा नं ९ को रसौलीमा समेत नियमित स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।

तस्विर : नगर प्रमुखको सचिवालय

, , , , , , , ,

साझेदारी यात्रा : राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामा ज्यूसंग भारतीय राजदुतावासका महामहिम श्री डि एस मिना ज्यूसंग राप्तीको विकास निर्माणका कार्यक्रममा साझेदारी गर्ने निर्णय सहितको बैठक भएको छ । प्रमुख लामाले राप्तीमा मौरि पालन व्यवसाय , शिक्षा र स्वास्थ्यको क्षेत्रको बिषयमा छलफल भएको थियो । बैठकमा राप्ती नगरपालिकाका सल्लाहकार डा जगत बहादुर पाठक ज्यूको समेत उपस्थिती रहेको थियो । 

तस्विर : बिशाल न्यूज

, , , , , , , , ,

बिद्यार्थीसंग मेयर : शसक्तिकरणका लागि हाम्रो अभियानले राप्ती नगरपालिकामा बिद्यार्थीसंग मेयर कार्यक्रम गरेको छ । राप्ती नगरपालिकाको प्रर्वद्धन,साउथवेस्र्टन स्टेट कलेजको सहयोग,पालिका टेलिभिजनको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । विद्यार्थीहरुले राखेका जिज्ञाशामा मेयर शमशेर लामाले जवाफ दिएका थिए ।

, , , , , , , , , , , , , , , ,

सवै जना बराबरी : हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ । राप्ती नगरपालिका अन्र्तगत महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले वडा नं ५ को कार्यालयमा अभिमुखिकरण सञ्चालन भएको छ । राप्ती नगरपालिका वडा नं ५ का अध्यक्ष सिताराम वल, वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी, कार्यपालिका सदस्य गोमा धरेल, वडा नं ५ वडा सदस्य चुडामणी बर्ताेला , शाखा प्रमुख उषा आचार्य, नगरस्तरिय अपाङ्ग समन्वय समितिका पदाधिकारीहरुको उपस्थिती र नगरका सदस्यहरुको उपस्थिती रहेको थियो ।

, , , , , , , , , ,

दिदिलाई सम्मान : २१ औ रास्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंयम सेबिका दिवसको अबसरमा राप्ती नगरपालिकाले ३ जना महिला स्वंयम सेविकालाइ सम्मान गरेको छ । नगरपालिकाले जनही १÷१ लाख रुपैया  सहित सम्मान गरेको हो । वि.स २०४५ साल देखि सेवा गदै आइरहनु भएकी राप्ती १ की दिल कुमारी श्रेष्ठ, २०५४ देखि सेवा गदै आउनु भएकी राप्ती १३ की कासीमाया प्रजा, २०६२ देखि सेवा गदै आउनु भएकी राप्ती ४ की उर्मिला ओलीलाइ नगरले सम्मान गरेको हो । कार्यक्रममा वडा नं ५ का अध्यक्ष सिताराम वल ,वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी वडा नं ८ का वडा अ्रध्यक्ष पुर्ण प्रसाद आचार्य , प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेल , जन स्वास्थ्य अधिकृत  सुरेश न्यौपाने , महिला बालबालिका शाखा  प्रमुख उषा आचार्य , स्वास्थ्य शाखा उपप्रमुख राममणी सिलवाल, लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रममा नगरपालिकामा सेवारत ४६ जना स्वंयम सेविकाहरुलाई सम्मान गरिएको छ ।

, , , , , , , , , , , , , , , , ,

शिक्षा : बार्षिक कार्यक्रम अभिमुखिकरण तथा प्र.अ बैठक  सम्पन्न भएको छ ! बैठकमा वडा न ७ कि अध्यक्ष सुमिता डल्लाकोटी, प्रमुख प्रशासकिय अधिकृत शिव कुमार पौडेल , शिक्षा अधिकृत रबिना देउजा , बिधालयका प्रधानाध्यापक ज्युहरुको उपस्थिति रहेको थियो !

, , , , , , , ,

खेलाडी सम्मान कार्यक्रम 
रत्ननगरमा सम्पन्न भएको मेयर कप २०८१ मा राप्ती नगरपालिकाले दोस्रो स्थान हासिल गरेको छ । नगर प्रमुख शमशेर लामा ज्यु, प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेल ज्यु, प्रशासकीय अधिकृत महेन्द्र चापागाई ज्यु, राजेन्द्र प्रसाद मैनाली ज्यु, स्वास्थ्य शाखाका उपप्रमुख राममणी सिलवाल  लगायतका व्यक्तित्वहरुले खेलाडी, प्रशिक्षक, टिम म्यानेजर लगायतकालाई सम्मान गर्नुभएको हो । 

तस्विर : नगर प्रमुखको सचिवालय 
१६ मंसिर,२०८१

, , , , , , , ,

राप्ती ७ मा रहेको जनआर्दश बहुमुखि क्याम्पसको स्वामित्वको बिषयमा सरोकारवालाहरुले नगर प्रमुख शमशेर लामासंग आवश्यक छलफल गरिएको छ । नगर प्रमुखको कार्यकक्षमा भएको छलफलमा वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी सहित , क्याम्पसका प्रतिनिधि, शिक्षा शाखा, आमन्त्रित सदस्यहरुको उपस्थिती रहेको थियो । 

१३ मंसिर, २०८१

, , , ,

क्लीक क्लीक : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । राप्ती नगरपालिकाले हस्ताक्षर गदै अभियान सुरु गरेको हो । हस्ताक्षरमा वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेल लगायत नगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

, , , , ,

चितवन भुमीगत सयोजनात्मक जल सिचाइ आयोजनाका प्रमुख श्री बिस्वबन्धु के सि ज्यु सग मेयर शमशेर लामा ज्युले भेट गर्नु भएको छ ! राप्ती ४ र ५ को डिप ट्युबवेल निर्माणको विषयमा छलफल समेत गरिएको छ !

तस्बिर : नगर प्रमुखको सचीवालय

अन्र्तक्रिया कार्यक्रम 
जिल्ला प्रशासन कार्यालय चितवनको आयोजना तथा राप्ती नगरपालिकाको समन्वयमा राष्ट्रिय परिचय पत्र वितरणको बिषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछाने ज्यूले सहजीकरण गर्नुभएको थियो । राप्ती नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, वडा सचिव , नगरको प्रशासन शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

स्थान  : नगर सभाहल 
मिति : ६ कार्तिक,२०८१

, , , , , , , , ,

जिल्ला समन्वय समितिको समिक्षा बैठक :
जिल्लाकै सातै पालिकाको बार्षिक प्रतिवेदन सहितको समिक्षा बैठकमा राप्ती नगर प्रमुख शमशेर लामाले सहभागिता जनाउनु भएको छ । आर्थिक बर्ष २०८०/०८१ को विकास निर्माण र सुशासनको बिषयमा शिक्षा अधिकृत रविना देउजाले पालिकाको तर्फ वाट प्रस्तुतीकरण दिनु भएको थियो । 

तस्विर : नगर प्रमुख सचिवालय 
२०८१/०६/२०

, , , , , , , , ,

नागरिक सुनुवाई कार्यक्रम : राप्ती नगरपालिकाको सभाहलमा इलाका प्रहरी कार्यालय भण्डाराको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख शमशेर लामा ज्युको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख देवेन्द्र लामा, जिल्ला प्रशासन कार्यालय चितवन प्रमुख इन्द्रदेव यादव, नगरका प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण शाह, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, वडा अध्यक्ष ज्यूहरु, नगर सभा सदस्य ज्यूहरु, सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 

तस्विर : नगर प्रमुखको सचिवालय

, , , , , , , , , , , ,

“काम गरौ मुटु बचाऔँ ”
बिश्व मुटु दिवसको अवसरमा मुटु रोग र यस वाट बच्नको लागि आवश्यक तयारीको बिषयमा मुटु अस्पताल भरतपुरको प्राविधिक सहयोग, नेपाल ह्दयरोग निवारण प्रतिष्ठान चितवनको आयोजनामा राप्तीका जनप्रतिनिधि, कर्मचारी र विद्यालयका प्रधानाध्यापक सहित व्यवस्थापन समितिका अध्यक्षहरुलाइ सचेतनामुलक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राप्ती नगर प्रमुख शमशेर लामा ज्युको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

११ असोज, २०८१ 
नगर सभा हल

, , , , , , , , , , ,

राप्ती नगरपालिकाको वडा नं १० देखि १३ सम्मका विभिन्न क्षेत्रमा सिमान्तकृत तथा जनजाती समुदायको लागि पिउने पानी र गुणस्तरिय शिक्षाको लागि का मगदै आइरहेको एक्का नेपालले आफ्नो आर्थिक बर्ष २०८०/०८१ को बार्षिक प्रगती समिक्षा गरेको छ । 
राप्ती नगर प्रमुख श्री शमशेर लामा ज्यूको प्रमुख आथित्यतामा भएको कार्यक्रममा एक्काले आगामी बर्ष गर्ने कार्य योजनाको बिषयमा समेत छलफल भएको थियो । छलफलमा वडा नं १२ का अध्यक्ष अर्जुन चेपाङ्ग, वडा नं १३ का अध्यक्ष अशोक कुमार प्रजा लगायतका नगरका शाखा प्रमुख ज्युहरुको उपस्थिती रहेको थियो । 
९ भाद्र, २०८१
फोटो : नगर प्रमुखको सचिवालय

, , , , , , , ,

राप्ती नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूको आ व २०८१/०८२ अन्तर्गतको श्रावण र भाद्र महिनाको प्रगति समीक्षा बैठकमा राप्ती नगर प्रमुख शमशेर लामा ज्युको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।  

८ भाद्र, २०८१  नगर सभाहल

 फोटो : नगर प्रमुख सचिवालय

, , , ,

राप्ती नगरपालिका वडा नं ७ मा रहेको जनआर्दश बहुमुखि क्याम्पसको स्वामित्वको बिषयमा राप्ती नगरपालिकासंग छलफल भएको छ । नगर प्रमुख शमशेर लामाको अध्यक्षतामा भएको छलफलमा नगर उपप्रमुख देवेन्द्र लामा, वडा नं ५ का अध्यक्ष सिताराम वल, वडा नं ७ का अध्यक्ष सुमिता डल्लाकोटी, क्याम्पस सञ्चालक समिति अध्यक्ष गोविन्द कडेलको नेतृत्वमा पदाधिकारि र कर्मचारी सहितको समुहले छलफल गरेको हो । बैठकमा नगर शिक्षा समिति, नेकपा एमाले नगर अध्यक्ष पुर्ण प्रसाद थापा, माओवादी केन्द्र नगर अध्यक्ष रामचन्द्र पाठक, शिक्षा अधिकृत रविना देउजा , पत्रकार लगायतकाको उपस्थितिमा छलफल भएको हो । 

तस्विर : नगर प्रमुखको सचिवालय 
मिति : भाद्र १३, २०८१

राप्ती नगरपालिकाको ४ वटा वडामा  १ हजार ३ सय ३३ जना बालबालिकाको परिक्षण गर्दा ३९ जना बालबालिकामा कुपोषण अवस्था शिघ्र कडा रहेको , १ सय ९२ जनामा मध्य र १ सय ९६ को अवस्था कुपोषण तर्फ उन्मुख रहेको सरोकारवाला निकाय हिमालय हेल्थ केयरले जानकारी दिएको छ ।  तथ्याङ्गमा ९ सय ६ जना बालबालिकाको अवस्था भने सामान्य रहेको छ । पोषण कार्यक्रम अन्र्तगतको समिक्षा बैठक नगर प्रमुख शमशेर लामाको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी, बरिष्ठ लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा, स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपाने, शाखा उपप्रमुख राममणी सिलवाल, पोषण सहजकर्ता सरस्वती प्रजा लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण हिमालयन हेल्थ केयरका प्रशासन प्रमुख कुलमणी बस्नेतले गरेका थिए । 

मिति : २०८१ श्रावण ४ 
स्थान : नगर सभा हल   
विहान : ८ बजे

, ,

राप्ती नगरपालिकाले नेपाल रेड्क्रस सोसाइटी पिप्ले उपशाखालाइ कार्यालय सन्चालन प्रबिधीमैत्री हुनु पर्छ भन्दै नियमित कार्यालय सन्चालनमा सहजीकरणको लागि एक/एक  थान ल्यापटप र प्रिन्टर सहयोग गरेको छ ! नेपाल रेडक्रस सोसाइटी पिप्लेका सचीव ॐ प्रसाद डल्लाकोटीलाई राप्तिका नगर प्रमुख शमशेर लामा ज्युले सामाग्री हस्तान्तरण गर्नु भएको हो !

"हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामीले चाहेको भविश्य" भन्ने मुल अन्तर्राष्ट्रिय नाराका साथ विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्वर को अवसरमा नगर प्रमुख स्वयम पुर्ण अपाङ् (रातो कार्ड) हरुको घर घरमा गई तिनिहरुको अवस्था बारे मंसिर १७ र १८ गते स्थलगत जानकारी लिनुभएको छ । यसै अवसरमा अपाङ्ग संरक्षकहरुलाई धन्यवाद दिई आवश्यक हेरचाहमा नगर सरकार साथमा रहेको र निरन्तर लागिरहने जानकारी गराउँदै अपाङ्ग व्यक्तिहरुको स्याहारमा सक्दो सहयोग सबै पक्षले गर्दा परिवारमा पिडा कमहुने र पिडितहरुले पनि राहतको महसुसहुने बताउनुभयो। हाल राप्ती नगरपालिकामा ९४ जना रातो कार्ड प्राप्त पुर्ण अपाङ्ग छन भने घरधुरी सर्वेक्षण २०७५ का अनुसार ८७८ जना विभिन्न किसिमका अपाङ्गहरु रहेको तथ्याङ्क छ।

 

, , , , , , , , ,

मिति २०७६।०४।१२ गते चालु आ व को पहिलो शाखा प्रमुख तथा कर्मचारी बैठक नगर कार्यपालिकाको कार्यलयमा सम्पन्न गरियो। प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाँई ज्युको अध्यक्षता मा नगर प्रमुख प्रभा बराल ज्यु र उप प्रमुख ईमानसिंह लामा ज्युको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा गत आ व को प्रगति समिक्षा र चालु आ वको शाखागत कार्यक्रम पेश गर्ने र ई हाजिरी संचालन गर्ने प्रस्तावमाथि छलफल गरिएको थियो। प्रस्ताव माथिभएको छलफलमा आ-आफ्नो शाखाबाट भएका प्रगति तथा कार्यसम्पादनमा भएका समस्याहरु शाखा प्रमुखहरुबाट प्रमख ज्युलाई अवगत गराईएको थियो। उपर्युक्त प्रस्तावमाथिको छलफलमा श्रावण १५ गते भित्र प्रगति विवरण बुझाउनुपर्ने, चालु आ वको लागि विनियोजित बजेट अनुसार कार्यक्रम पेश गर्ने र ई हाजिरी सिस्टम अपडेट गर्ने निर्णय गरियो।

भएका भौतिक तथा वित्तिय प्रगतिहरुको विवरण तयार गर्न प्रमुख प्रसासकिय अधिकृत ज्युले सबै शाखा प्रमुखहरुलाई निर्देशन दिए भने प्रमुख ज्युले उच्च मनोबलका साथ काम गरी जन आवश्यकताको छिटो तथा छरितो रुपमा सम्बोधन गर्न कर्मचारीको भुमिका महत्वपुर्ण हुने भन्दै सबै कर्मचारी हरुलाई नियम संगत रुपमा काम गर्न निर्देशन दिनुभएको थियो।

, , ,

राप्ती नगरपालिकामा वडा नं १० र वडा नं ३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम मिति २०७६।०३।०५ गतेबाट शुभारम्भ गरिएको छ । वडा नं १० मा डम्फु खोला बाट पतादुँ गाँउ जाने गोरेटो बाटो निर्माण गर्न ४५ जना बेरोजगार ले १५ दिनका लागि  रोजगार प्राप्त गर्ने भएका छन् ।  वडा नं ३ मा धमिली स्थित स्कुल चोक हुँदै आपटार सम्म जोड्ने बाटो निर्माण गर्न ३० जना बेरोजगार ले १५ दिनका लागि रोजगार प्राप्त गर्ने भएका छन् ।

, , , ,